२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

एमाले विवाद नथामिने संकेत

मतदान नगरी बैठकस्थलबाट बाहिरिएका सांसदले भने देउवा सरकारलाई विश्वासको मत नदिँदा ओलीसँग सहकार्य सहज हुने ठानेका हुन्। मतदान वहिस्कार गर्ने र विपक्षमा मतदान गर्ने सांसद समेतका आधारमा ओलीले यसअघि विश्वासको मत लिएको बेलामा भन्दा कम सांसद आफ्नो पक्षमा पाएका छन्।

एमाले विवाद सुल्झाउन १० बुँदे प्रस्ताव

सर्वोच्च अदालतको फैसलाअघि सत्तत्तारूढ नेकपा एमाले एकताबद्ध भएको सन्देश प्रवाह गर्दै विवाद निरूपणका लागि १० बुँदे प्रस्ताव तयार गरिएको छ। आइतबार राति पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सहमतिका १० बुँदा प्रस्ताव गरिएको हो।

एमाले विवाद सुल्झने दिशातर्फ

नेकपा एमालेको विवाद सुल्झने दिशातर्फ बढेको सो दलका नेताहरूले बताएका छन्। विवाद समाधान गर्न गठित कार्यदलको दुई दिनदेखि जारी बैठक सकारात्मक दिशातर्फ उन्मुख भएकाले एमाले नेताहरू उत्साहित देखिएका छन्।

एमाले विवाद उत्कर्षमा

राष्ट्रिय सभा निर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई नेपाल समूहले असहयोग गरेपछि पराजित भएका छन्। यसबाट पार्टीभित्र मत्थर हुन खोजेको विवाद फेरि उत्कर्षमा पुगेको छ।

एमाले विवाद मिलाइने विश्वास

नेकपा एमालेको विवाद मिलाउन आज नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीका तर्फबाट नेताहरु सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले भेटवार्ता गरी पार्टी एकता जोगाउने उपायबारे विचारविमर्श गरेका छन्।

प्रदेश २ मा एमाले विवाद: मण्डललाई हटाएर महतो

एमाले संसदीय दलको कार्यालयमा आइतबार बसेको बैठकको बहुमतले सत्यनारायण मण्डललाई दलको नेताबाट हटाएर शत्रुधन महतोलाई चयन गरेको हो। एमालेभित्रको विवाद यहाँ पनि देखिएको छ। मण्डल एमाले अध्यक्ष केपी ओली पक्षका हुन्।

माधव नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नेकपा एमालेको माधव नेपाल समूहले फिर्ता लिने भएको छ। अविश्वासको प्रस्तावका समर्थक लक्षुमण तिवारीले अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरेको जानकारी दिए।

एमाले विवाद उत्कर्षमा

सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय सदस्यहरूको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरूको जिम्मेवारी खोसेपछि नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला गर्दैछ। फागुन २८ गतेको निर्णय मान्य नहुने भन्दै नेपाल समूहले देशभरका कार्यकर्तालाई काठमाडौं बोलाएर भेला आयोजना गर्न लागेको हो। ओलीले सो भेलामा सहभागी भए कारबाही गर्ने धम्की दिएका छन् तर नेपाल समूहले कारबाही सहन लामबद्ध रहेको जनाएको छ।

धुम्बाराही बैठकपछि बसेको नेपाल समूहको भेला सकियो, राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय

नेकपा एमाले (माधव नेपाल) समूहको भेलाले चैत ४ र ५ गतेका लागि निर्धारण गरिएको राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षसँगको छलफलपछि बानेश्वरस्थित एक होटलमा बसेको नेपाल समूहको भेलाले यसअघि नै निर्धारण गरिएको राष्ट्रिय कार्यकर्ता भेला तोकिएकै मितिमा गर्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए।

आफू पक्षीय नेतालाई जिम्मेवारी दिएर माधव नेपाल समूहले थाल्यो समानान्तर अभ्यास

सत्तारुढ दल नेकपा एमाले (माधव नेपाल समूह)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिँदै आफू पक्षीय नेताहरुलाई समानान्तर जिम्मेवारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्