१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

डेपुटी गभर्नरमा मिश्र र ढुङ्गाना

सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुङ्गानालाई नियुक्त गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नरमा मिश्र र ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो।

यही फागुन १८ गतेदेखि तत्कालीन डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको पदावधि सकिएपछि सो पद रिक्त भएको थियो। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा नियुक्त गरिएको हो। नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयका उच्च अधिकारीले डेपुटी गभर्नरद्वयको नियुक्तिको पुष्टि गर्दै नाम भने उल्लेख गर्न चाहेनन्।

प्रकाशित: २६ फाल्गुन २०७७ ०१:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App