२७ असार २०८३ शनिबार
image/svg+xml
राजनीति

रास्वपा संसदीय दलको अनौपचारिक बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको अनौपचारिक बैठक जारी छ। हालसम्मको छलफलमा रास्वपाको सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन निर्देशन भएको रास्वपाले जनाएकाे छ।  

धेरै कुराहरू सिक्न बाँकी भएकाले सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सके जति सल्लाह र सुझाव लिन सुझाव दिइएको छ।  

आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि क्यान्डिडेट क्लबको अभ्यास हुदैछ। त्यसको लागि आगामी निर्वाचनको टिकटबारे कसैलाई पनि कुनै प्रतिबद्धता व्यक्त नगर्न र कतै त्यस्तो गलत अभ्यास गरिएको भेटिए कारबाहीको भागिदार हुनुपर्ने चेतावनीसमेत दिइएको छ। 

प्रकाशित: १६ वैशाख २०८३ १२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App