८ वैशाख २०८१ शनिबार
राजनीति

भीम रावललाई ओलीको जवाफ : मेरो पार्टीको बारेमा जान्ने भए सर्वोच्चमा जानुस्

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतातर्फ धकेल्न मुद्दा हालेर संसद् पुनःस्थापना गरिएको बताएका छन्। १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले चुनावमा गएको भएर राम्रो सरकार बन्ने भएपनि देशमा अस्थिरता निम्त्याउन संसद् पुनःस्थापना गरेको बताएका हुन्।

‘यतिखेर चुनावमा जान्थ्यो देश। चुनावपछि एउटा राम्रो सरकार बन्थ्यो त्यसलाई लडाई गरेर, मुद्दा हालेर रोके। संसद् पुनःस्थापना किन गरेको रहेछ भन्दा उफ्रिन, नारा लगाउन, कराउन,’ ओलीले भने।

उनले आफ्नो पार्टीका बारेमा सर्वोच्च अदालतलाई सोध्न आग्रह समेत गरे। आइतबार प्रतिनिधिसभाको बैठकमा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले ‘प्रधानमन्त्री कुन पार्टीको हो’ भनेर प्रश्न गरेका थिए। सोही अभिव्यक्तिको जवाफ दिँदै ओलीले आफ्नो पार्टीका बारेमा सर्वोच्चलाई सोध्न भनेका हुन्।

‘अब हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीका हो जानकारी पाउँ भन्नुभयो, सर्वोच्च अदालतमा जानुस्। कुन पार्टीको हो रे!’ ओलीले भने।

आइतबार सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँतिनेगरी फैसला गरेको थियो।  

प्रकाशित: २४ फाल्गुन २०७७ ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App