७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्रीको पक्षमा ११५ जना सांसद् रहेको ओली समूहको दाबी

फाइल तस्बिर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो पक्षमा १ सय १५ भन्दा धेरै जना सांसद् रहेको दाबी गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय संसदीय दलको बैठकमा १ सय १५ जनाभन्दा धेरै सांसदको सहभागिता रहेको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताए।

उनकाअनुसार ९१ जना प्रतिनिधिसभाका र २४ जना राष्ट्रियसभाका सदस्यले बैठकमा सहभागिता जनाएका हुन्।

‘आजको बैठकमा उत्साहका साथ सम्पन्न भएको छ। संख्याका हिसाब ११५ को सहभागिता रहेको छ। २४ जना राष्ट्रिय सभाका सदस्यहरु उपस्थित हुनुहुन्छ। र, ९१ जना प्रतिनिधिसभाका सदस्यहरु उपस्थित हुनुभयो’ उनले भने, ‘केही राष्ट्रियसभाका सदस्यहरुले हामी भोलि उपस्थित हुन्छौं भन्नुभएको छ। प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा आज हामी ११५ जना उपस्थित भयौं, भोलि यों संख्या बढ्छ, १२०, १३० हुँदै बढेर जान्छ भन्नुभएको छ।

शुक्रबार बसेको प्रचण्ड–नेपाल पक्षीय संसदीय दलको बैठकमा पनि ११५ जना सांसदको सहभागिता रहेको बताइएको थियाे।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा दुई खेमामा विभाजना भएकाे छ।

प्रकाशित: २२ फाल्गुन २०७७ ११:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App