४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश प्रमुख झालाई जन्म गाउँमा २०१ किलोको मालाले स्वागत

प्रदेश २ को प्रमुखमा नियुक्त भएका डा. राजेश झालाई जन्मिएको गाउँ रौतहटको सुन्दरपुरमा स्वागत गरिएको छ। गढीमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादव तथा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले प्रदेश प्रमुख झालाई दुई सय एक किलोको माला पहिराएर सोमवार सुन्दरपुरमा स्वागत गरेका हुन्।

आइतबार प्रदेश प्रमुख पदको कार्यभार सम्हालेपछि पहिलोचोटि जन्मस्थल गढीमाई नगरपालिका–४ सुन्दरपुर पुगेर झाले प्रसिद्ध गढीमाईको दर्शन तथा पूजा गरेका छन्। गढीमाईको पूजा गरेपछि प्रदेश प्रमुख झालाई गढीमाई नगरपालिकाको कार्यपालिकाको तर्फबाट स्वागत तथा बधाई ज्ञापन गरिएको छ।

प्रदेश प्रमुख झाले गाउँका स्थानीयबासी, दौंतरी तथा अग्रजहरुले स्वागत तथा बधाई ज्ञापन गरेपछि आफूलाई खुसी लागेको बताएका छन्। आफ्नो शिरमा देश र मनमा मधेस बोकेर काम थालेको बताएका प्रदेश प्रमुख डा. झालाई उद्देश्यमा सफलता प्राप्त हुने विश्वास लागेको नगर प्रमुख श्यामप्रसाद यादवले सम्पूर्ण नगरबासी खुसी भएको बताएका छन्।  

स्वागत तथा बधाई ग्रहण गर्दै डा. झाले कुनै प्रतिक्रिया नदिए पनि आफूभन्दा उमेर तथा नाताले ठूलाबाट आशीर्वाद पनि लिएका छन्। गाउँको स्थानीय बज्जिका भाषामा अग्रज तथा कनिष्ठसित पनि सामान्य अवस्थाको जस्तो व्यवहार प्रदर्शन गरेका छन्। कार्यभार समहालेको दोस्रो दिन गाउँमा पुगेर डा. झाले दौंतरीहरुलाई पनि भेटेर सबैको हौसला बुलन्द गरेका छन्।  

प्रदेश प्रमुख गाउँमा पुग्ने भएपछि स्थानीयहरु तथा नगरपालिकाले स्वागतको तयारी गरेका थिए। गाउँमा हुर्केर पत्रकारितामा नाम कमाएका डा. झालाई गाउँमा देखेपछि सबै वर्ग तथा समुदायमा गर्वको अनुभूति भएको स्थानीयको टिप्पणी छ।े

यसअघि आइतबार ओली समूहका कार्यकर्ताले झालाई जनकपुरधाम विमानस्थलमा १ सय १ किलोको मालाले स्वागत गरेका थिए।

प्रकाशित: १० फाल्गुन २०७७ १२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App