coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'दबाब र जुलुसबाट न्याय पाइँदैन'

सर्वाेच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले दबाब र जुलुसबाट नभइ प्रमाण र मिलिसका आधारमा न्याय प्राप्त हुने बताएका छन्। मंगलबार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले दबाब र जुलुसले न्याय दिलाउन सहयोग नभइ न्याय प्रभावित पार्ने बताए।

दबाब र जुलुसबाट न्यायाधीशहरुमा त्रास पैदा हुँदा त्यसको असर न्याय सम्पादनमा हुने उनको भनाइ छ। ‘न्यायाधीश फैसला सुनाउँदै गर्दा बाहिर प्रदर्शन भइरहेको हुन्छ,’ उनले प्रश्न गर्दै भने, ‘अनि न्यायाधीशले प्रमाण र मिसिलका आधारमा फैसला सुनाउने की प्रदर्शन र जुलुसलाई हेरेर न्याय सम्पादन गर्ने?’ दबाब, प्रभाव र प्रदर्शन गर्नुभन्दा प्रमाण जुटाउनमा सहयोग गरे पीडितले न्याय र पीडकलाई सजाय सुनाउन मद्दत पुग्ने उनले जनाए।  

न्यायपालिकामा विकृति र अनियमितता तथा विचौलियाबाट हुनसक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने प्रभावकारी उपायहरुको सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्न गठित समितिका संयोजकसमेत रहेका कार्कीले न्याय सम्पादनमा चिकित्सको रिपोर्ट र प्रहरीको अनुसन्धान महत्वपूर्ण हुने उनको भनाइ छ।

प्रकाशित: २१ माघ २०७७ ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App