१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रचण्ड-नेपाल पक्षले आयोगमा बुझायो बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर

मंगलबार प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको नेकपा केन्द्रीय कमिटीको बैठक। <div><br></div>

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज (बुधबार) केन्द्रीय समितिका बहुमत सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ।  

मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयअनुसार उक्त पक्षले आफ्नो वैधानिकता प्रमाणित गर्न आयोगमा आवश्यक विवरण बुझाएको हो।  

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले हस्ताक्षरसहितको पत्र दर्ता गरिएको नागरिकन्युजलाई जानकारी दिए।

यसअघि हिजो मंगलबार ओली समूहले केन्द्रीय कमिटीमा थप गरिएका नयाँ सदस्यसहितको हस्ताक्षर बुझाएको थियो। 

प्रकाशित: ८ पुस २०७७ ११:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App