१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आज बिहान पौने १० बजे बैठकमा उपस्थित हुन निर्देशन दिएका थिए।

सो बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताबारे मन्त्रिपरिषद्मा छलफल हुने बताइएको छ।

सरकारले मंसिर ३० गते ल्याएको अध्यादेश चौतर्फी विरोधपछि पुस १ गते नै फिर्ता लिने सहमतिमा प्रधानमन्त्री ओली पुगेका थिए। तर प्रधानमन्त्री ओलीले अझैसम्म अध्यादेश फिर्ता लिएका छैनन्।

प्रकाशित: ५ पुस २०७७ ०४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App