७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचनको मिति नजिकिँदा ४१ दलले बुझाए घोषणापत्र

प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी मतदान गर्न १५ दिन मात्रै बाँकी रहँदा जम्मा ४१ राजनीतिक दलले मात्रै निर्वाचन आयोग र सम्बन्धित कार्यालयहरूमा आफ्नो चुनावी घोषणापत्र बुझाएका छन्।

प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिन ९३ दल दर्ता भए पनि सबै दलले समयमै घोषणापत्र बुझाउन सकेका छैनन्।

निर्वाचन आयोगले फागुन ३ गतेभित्र चुनावी घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाउन निर्देशन दिएको थियो। तर तोकिएको समयसीमा पार गरिसक्दा पनि धेरै दलले घोषणापत्र पेश नगरेका हुन्।

घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाउने प्रमुख दलहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल तथा जनता समाजवादी पार्टी, नेपाल लगायत छन्। 

यस्तै, संयुक्त नागरिक पार्टी, नेपाल जनता संरक्षण पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, त्रिमूल नेपाल पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, नेपाल जनता पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी), राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेशनल रिपब्लिक नेपाल, नेपाल सङ्घीय समाजवादी (एकल चुनाव चिन्ह ‘बस’), राष्ट्रिय मुक्ति पार्टी, नेपाली कम्युनिष्ट पार्टी (माओवादी), नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), राष्ट्रिय जनमुक्ति पार्टी, उज्यालो नेपाल पार्टी, नागरिक सर्वोच्चता पार्टी, नेपाल मजदुर किसान पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनादेश पार्टी नेपाल, जय मातृभूमि पार्टी, नेपालका लागि नेपाली पार्टी, नेपाल मातृभूमि पार्टी, जनता समाजवादी पार्टी, गतिशील लोकतान्त्रिक पार्टी र आम जनता पार्टीले लगायतले घोषणापत्र बुझाएका छन्।  

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्ण घोषणापत्र सार्वजनिक गरेका छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीले ‘करार पत्र’ नाम दिएर आंशिक रुपमा प्रतिबद्धता पत्र बुझाएको छ।

प्रकाशित: ६ फाल्गुन २०८२ १७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App