१० माघ २०७७ शनिबार
राजनीति

बाइडेनलाई मिडियाले विजयी भन्याे भन्दैमा निराश भएका छैनौं, कानुनी लडाइँ जारी छ: ट्रम्प टोली

अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन विजयी भएको खबर विश्वभर फैलिसकेको भए पनि डोनाल्ड ट्रम्पले भने अझै स्वीकार गरेका छैनन्।  

अमेरिकाको टेलिभिजन च्यानल सिबिएस न्युजका अनुसार ट्रम्प प्रचार अभियानका वरिष्ठ अधिकारीले बाइडेनलाई मिडियाले विजयी घोषणा गर्दैमा आफूहरूले आशा नमारेको बताएका हुन्।

उनले भनेका छन्, ‘हामीलाई पहिले थाहा थियो यो प्रतिस्पर्धा लम्बिनेवाला छ। अर्काे ४ वर्षको आशा अझै बाँकी छ।’

मतका हिसाबले महत्वपूर्ण मानिने राज्यको मत गणनाविरुद्ध तपाईंहरूले दिएको मुद्दा सफल हुन्छ त भन्ने प्रश्नमा उनले जे पनि हुन सक्ने बताए। ट्रम्पले यसअघि योभन्दा ठूला चुनौती सामना गरिसकेको पनि बताए।  

ती अधिकारीले भने, ‘मिडियाले अनुमानका भरमा बाइडेनलाई विजयी घोषणा गर्दैमा हामी निराश भएका छैनौं। मत गणनामा भएको धाँधलीविरुद्ध हाम्रो लडाइँ जारी छ।’ बिबिसी

प्रकाशित: २३ कार्तिक २०७७ १४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App