१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा पौडेल

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेल नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा बिहिबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई चार बर्षका लागि बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।  

लोक सेवा आयोगले डा. दामोदर बसौला, डा. कृष्णप्रसाद अधिकारी र सुर्दशन पौडेलको नाम सिफारिस गरेको थियो।

पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उप-प्राध्यापक छन्।

 

प्रकाशित: २० कार्तिक २०७७ १७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App