२० वैशाख २०८३ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीलाई खगेन्द्र संग्रौलाको प्रश्न: फेरि उही ओम्नीमार्गी धन्दा सुरु भो?

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितका लागि प्रभावहीन प्रमाणित गरेको रेम्डेसिभिर औषधिलाई सरकारले भने आयात तथा प्रयोगका लागि अनुमति दिएपछि लेखक/साहित्यकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खरो प्रश्न गरेका छन्।  

शनिबार सामाजिक सञ्जालमार्फत साहित्यकार संग्रौलाले प्रधानमन्त्री ओलीलाई फेरि ओम्नी मार्गमै लागिएको हो भनेर प्रश्न गरेका हुन्।  

‘विश्व स्वास्थ्य संगठनले परीक्षण गरी कोरोनाको उपचारमा ‘रेम्डेसिभिर’ नाउँको औषधिको प्रभाव ज्यादै न्यून वा शून्य बराबर छ भनेछ,’ लेखक संग्रौलाले फेसबुकमा लेखेका छन्,‘ ओली सरकारले चाहिँ यही चुत्थो औषधि आयात र बिक्री गर्न तीनवटा कम्पनीलाई अनुमति दिएछ। फेरि उही ओम्नीमार्गी दिनु-खानुको धन्दा सुरू भो कि कसो?’

प्रकाशित: १ कार्तिक २०७७ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App