२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बैशाखमा पनि निर्वाचन हुँदैन : बिजुक्छे

भक्तपुर, पुस १२ - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले आगामी वैशाखमा पनि संविधानसभाको निर्वाचन नहुने दाबी गरेका छन् । भक्तपुरको सल्लाघारीस्थित डा ईवामुरा मेमोरियल अस्पताल एन्ड रिसर्च सेन्टरको १२ औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले देशमा अहिले कै राजनीतिक अवस्था रहिरहे बैशाखमा पनि संविधानसभाको निर्वाचन नहुने बताएका हुन् ।  

उनले भने, 'वैशाखमा निर्वाचन हुने अवस्था छैन, सबै मिलेर गएमात्र यो सम्भव हुन्छ तर सबै मिल्ने देखिँदैन, विदेशी प्रभावमा नपरेको भए दलहरूबीच सहमति हुन्थ्यो, विदेशी प्रभावकै कारण दलहरूबीच सहमति नभएको हो, सरकार यसैका कारण टिकिरहेको छ।'

कार्यक्रममा विजुक्छेले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि योगदान पुर्या उँदै आएका काठमाडौं विश्वविद्यालयका उपकुलपति तथा धुलिखेल अस्पतालका प्रमुख रामकण्ठ माकजु श्रेष्ठ, राष्ट्रिय मिर्गौला केन्द्रका कार्यकारी निर्देशक डा ऋणिराम काफ्ले र क्यान्सर अस्पतालका निर्देशक डा सुदीप श्रेष्ठलाई ईवामुरा अवार्ड वितरण गरेको थियो।

कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान पुर्या्उने डा लक्ष्मीराम मल्ल, जगतशमशेर गोसाई, नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा र सिबिआर भक्तपुरलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एकमणि नेपाल, अस्पतालका प्रशासक डम्बरबहादुर कार्की, सिद्धिस्मृति अस्पतालका प्रमुख श्यामसुन्दर धौभडेल, ईवामुरा अस्पतालका संस्थापक उत्तमकृष्ण कर्माचार्यलगायतले अस्पताल गरिब जनताको सहज पहुँच हुनुपर्ने बताए । रासस

प्रकाशित: १२ पुस २०६९ ०८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App