१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश ५ : नाम र राजधानीको प्रस्तावमा मदतान गर्न नेकपाले ह्विप

प्रदेश नं: ५ को नाम र राजधानी सम्बन्धी प्रस्ताव संसदबाट  पास गराउन नेकपाले ह्विप लगाएको छ। नेकपा संसदीय दलको केहीबेर अघि सम्पन्न बैठकमा दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेलले सांसदहरुलाई प्रस्तावका पक्षमा मदतान गरी  पास गराउन निर्देशन दिएको नेकपाका  सचेतक भूमिश्वर ढकालले जानकारी दिए।

‘दाङको राप्ती उपत्यकालाई प्रदेशको प्रशासनिक राजधानी बनाउने गरी सरकारले ल्याएको प्रस्तावका पक्षमा मतदान गर्न मुख्यमन्त्रीले ह्विप जारी गर्नु भयो’सचेतक ढकालले भने। नेकपाका मुख्यमन्त्री सहित ६१ सांसद छन्।

प्रस्तावका पक्षमा मतदान गर्न ह्विप लगाएसंगै नेकपाको दलको बैठक सकिएको छ। नेपाली कांग्रेसको पनि संसदीय दलको बैठक बसेको थियो। त्यसअघि सहमतीका लागि भन्दै बिहान संसद सचिवालयमा सर्वदलीय बैठक बसेपनि बिना सहमती टुंगिएको थियो।

बाह्र बजे सुरु हुने भनिएको प्रदेश सभा बैठक १ बज्दासम्म सुरु भएको छैन।  

 

 

प्रकाशित: १९ आश्विन २०७७ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App