१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

शान्तिपूर्ण ढंगले विवाद सुल्झाउन भारत र चीनलाई नेपालको आग्रह

भारत र चीनबीच सीमा विवादलाई लिएर विवाद बढ्दै गइरहेका बेला नेपालले दुई छिमेकी मुलुकलाई शान्तिपूर्ण ढंगले विवाद समाधानका लागि आग्रह गरेको छ।  

परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाल सधै क्षेत्रीय र विश्व शान्तिका पक्षमा रहेको र गलवान उपत्यकामा दुई छिमेकी मित्र राष्ट्रबीच जारी विवाद असल छिमेकीको भावना अनुसार समाधान हुने विश्वास व्यक्त गरेको छ। नेपालले भारत र चीनले आपसी मतभेदलाई शान्तिपूर्ण माध्यमबाट दुईपक्षिय, क्षेत्रीय र विश्व शान्ति र स्थायित्वलाई सहयोग पुग्ने समाधान गर्ने विश्वास लिएको छ।    

 

 

 

 

प्रकाशित: ६ असार २०७७ ११:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App