coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आजीवन कारावासको माग गर्दै अदालतमा मुद्दा दर्ता

रुकुम घटना

गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका आरोपी विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको आजीवन कारावास सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो । सोती घटनामा भएको सामूहिक आक्रमणपछि ६ जना युवाहरुको हत्या भएकाले पीडितको न्यायका लागि आजीवन कारावासको माग गरिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।  

घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको अदालततका श्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए । मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारका रुपमा राखिएको छ । अन्य ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुर विरुद्धको मुद्दा दर्ता भएको श्रेस्तेदार बोहराले बताए ।

‘धेरै मान्छे भएकाले आइतबार मुद्दा दर्ता मात्रै भएको छ,’ उनले भने, ‘सोमबारबाट थुनछेक बहस सुरु हुन्छ ।’ ३४ जना विरुद्ध मुद्दा दर्ता भएपनि अहिलेसम्म २९ जना पक्राउ परेको र बाँकी ५ जना फरार रहेको प्रहरीको भनाइ छ ।  

उक्त घटनामा जाजरकोट परी भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक, गोविन्द शाही, लोकेन्द्र सुनार, गणेश बुढा, सन्दिप विक र रुकुम पश्चिम चौरजहारीका टिकाराम सुनाको मृत्यु भएको थियो । गत जेठ १३ गते पीडित परिवारले २० जनाविरुद्ध प्रहरी समक्ष किटानी जाहेरी दर्ता गरेका थिए ।

अधिकारकर्मीको प्रदर्शन

दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै दलित अधिकारकर्मीहरुले आइतबार पनि विरोध प्रदर्शन गरेका छन् । जिल्ला अदालतको गेट नजिकै अधिकारकर्मीले विरोध प्रदर्शन गरेका थिए । अदालतको गेटबाट सुरु भएको प्रदर्शन बजार परिक्रमा गरेर कालिका स्थानमा पुगेर समापन भएको थियो ।

प्रकाशित: ३२ जेष्ठ २०७७ १४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App