जनकपुर– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने बताएका छन्। सोमबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले केपी ओलीसँग भएको आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने बताएका हुन्। नेकपा नेतृत्वको सरकार पाँच वर्ष चल्ने विषयमा कुनै शंका नगर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन्।
एमाले–माओवादी एकतापछि पार्टीलाई सुदृढ बनाएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। दाहालले पार्टी एकीकरण गर्न नहुने आशयको अभिव्यक्ति दिएको भोलिपल्ट भने, ‘मेरो भनाइलाई अतिरञ्जित बनाएर समाचार बनाइएको हो। ‘पुरानो एमाले र माओवादी अब एउटै पार्टी भइसकेको छ, एकीकृत पार्टीको म अध्यक्ष हो। यो पार्टीलाई सुदृढ बनाएर अघि बढ्नुको विकल्प छैन।’
सुखी नेपाली, समृद्ध नेपाल निर्माण अभियानमा सरकार अघि बढिरहेको जिकिर गर्दै दाहालले भने, ‘एक वर्षको कामलाई समिक्षा गर्दै हामी अघि बढ्ने योजनामा छौं।’
प्रकाशित: २ भाद्र २०७६ ०७:२७ सोमबार





-600x400.jpg)