१५ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

भर्तीकेन्द्र बन्यो नगरपालिका, मेयर र कार्यकारी अधिकृतको मिलोमतो

मोरङ– मोरङको एक नगरपालिका आसेपासेका लागि जागिरको केन्द्र बनेको छ। सुनवर्षी नगरपालिकामा आसेपासेका लागि जागिरको केन्द्र बनेको हो। सो नगरपालिकाका मेयर काली प्रसाद दास र कार्यकारी अधिकृत राजकुमार केसीको मिलोमतोमा आसेपासेलाई जागिर दिएको नाम नखुलाउने शर्तमा एक स्थानीयले बताए।

मेयरले नगरपालिकाद्वारा दरबन्दी रहेको स्वस्थ्यमा कार्यलय सहयोगीको रुपमा छोरी अनिता दासलाई नियुक्त गरेका छन्। त्यस्तै ज्वाँई चन्दन मण्डललाई ड्राइभरमा नियुक्त गरेका छन् । त्यसैगरी नातामा नाति पर्ने सुबोध दासलाई निजी सचिवालयमा नियुक्त गरेका छन्। मेयरले यी सबै पदमा आफ्न आफन्त रहेको स्वीकारेका छन्।

मेयरले नागरिक न्युजसँग कुरा गर्दे भने, ‘प्रक्रिया मार्फत उहाँहरुलाई नियुक्त गरिएको हो, कुनै नातावाद कृपावाद मार्फत नियुक्त गरिएको होइन्।’ मेयरले अघिल्लो बर्षको आय व्ययसमेत सार्वजनिक नगरेको स्थानीयहरु बताउँछन्।

यता कार्यकारी अधिकृत केसीले कर्मचारी नियुक्तिमा आफ्नो कुनै संग्नता नरहेको बताए। उनले भने, ‘स्थानीय सरकार संचालन ऐन अनुसार नै कर्मचारी नियुक्ति गरिएको हो।’

करारमा कर्मचारी नियुक्ति गर्ने क्रममा  कानूनको अधिनमा रही कर्मचारी नियुक्ति गरिएको कार्यकारी अधिकृतले केसीले पुन दोह-याए।उनले भने,‘ नागरपालिका भित्र हुने विकास निर्माणका कामदेखि लिएर प्रशासनिका काम नगरपालिकाको कार्यविधी र नीति निर्देशिकाअनुसार हुने गरेको छ।'

प्रकाशित: ४ जेष्ठ २०७६ ०९:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App