११ कार्तिक २०७७ मंगलबार
राजनीति

आजबाट प्रि–बजेट छलफल

काठमाडौं – संघीय संसदन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभामा बजेटका प्राथमिकता र सिद्धान्त (प्रि–बजेट) माथिको छलफल आज (शुक्रबार)देखि सुरु हुँदैछ । प्रतिनिधिसभामा बिहान ११ बजे र राष्ट्रियसभामा दिउँसो १ बजेदेखि छलफल सुरु हुनेछ ।

दुबै सदनमा अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष ०७६/०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गर्न प्रस्ताव गर्नेछन् ।

प्रि–बजेटमाथि संसदमा तीन दिनसम्म छलफल चल्ने छ । छलफल शुक्रबार, आइतबार र सोमबार हुने संसद् सचिवालयले कार्यक्रम बनाएको छ । छलफलमा आगामी आर्थिक बर्षको बजेटमा उल्लेख गर्नुपर्ने कुराका विषयमा सांसदले सुझाव दिनेछन् । आगामी जेठ १५ सरकारले आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नेछ ।

प्रकाशित: २७ वैशाख २०७६ ०७:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App