७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री ओलीकाे गुनासाे : व्यापारीले झुक्याए

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी व्यापारीले झुक्याएको गुनासो गरेका छन्। नेपाल उद्योग परी संघको १६ औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले चिनी व्यापारीले कालाबजारी गरेको आरोप लगाएका हुन्। 

‘दशैँ, तिहारअघि विदेशबाट आएको चीनीका कारण नेपालको चिनी गोदाममै थन्कियो भनेर गुनासो गरेपछि चिनीको आयातमा रोक लगाइयो। तर नेपालका चिनी व्यापारीले नै कालाबजारी गरे’, उनले भने, ‘६० रुपैयाँ प्रतिकिलोमा बेच्ने चिनीलाई १०५ मा बेचेको पनि पाइयो। यसरी चिनी व्यापारीले सरकारलाई झुक्याए।’ 

उनले यो व्यापार नभई ठगी भएको आरोप लगाए।  ‘यो व्यापार हैन सिधै ठगी हो’, उनले भने, ‘यस्ता क्रियापकलाप बन्द  हुनुपर्छ।’ व्यापारीका कारण बजारमा चिनी हाहाकार भएको उनले बताए। नेपाली चिनी गोदाममा थन्किएपछि संसदीय समितिले चिनीको मूल्य निर्धारण गर्न सरकारलाई निर्देशन दिएको थियो।

प्रकाशित: २५ चैत्र २०७५ ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App