काठमाडाैं - दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी संयुक्त राज्य अमेरिकाको इण्डो–प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल फिलिप एस डेभिडसन स्वदेश फर्केका छन्। उनलाई सैनिक तालीम तथा डक्ट्रिन महानिर्देशक उपरथी गौरव तण्डुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे।
नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री, उपप्रधान तथा रक्षामन्त्री, प्रधानसेनापति लगायत उच्चपदस्थ सैनिक पदाधिकारीसँग भेटवार्ता गरेका थिए।
प्रकाशित: २७ पुस २०७५ १२:१८ शुक्रबार