८ वैशाख २०८१ शनिबार
राजनीति

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न माग

काठमाडौंं–काठमाडौं महानगरपालिकाको सञ्चारआवद्ध सञ्चारकर्मीहरुले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको माग राखेका छन्। मंगलबार महानगरका सूचना प्रविधि विभाग प्रमुख राज्यप्रकाश प्रधानाङ्गलाई भेटेर उनीहरुले संयुक्त निवेदन बुझाएका हुन्।

सरकारले बनाएको ऐन सरकारबाटै कार्यान्वयन हुनु पर्ने, स्थानीय तहलाई सञ्चार व्यवस्थापनका लागि दिएको अधिकार प्रयोगमा ल्याउनु पर्ने माग उनीहरुले राखेका छन्। यसको नीतिगत व्यवस्थाका लागि संघ र प्रदेश सरकारसँग समन्वय गर्नुपर्ने निबेदनमा उल्लेख छ । ‘हामी स्थानीय सरकार सञ्चालन ऐनबाट निर्देशित छु भनेर महानगर पन्छिन पाउँदैन, आमसञ्चार व्यवस्थापन गर्नुपर्ने महानगरले आन्तरिक सञ्चार व्यवस्थापनमा कमजोरी गर्नुहुन्न, ’निवेदनपत्र बुझाइसकेपछि सञ्चारकर्मीहरुले प्रतिक्रिया दिए।

विभागमा निवेदन दिएका समाचारकर्मीहरुले मेयर बिद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, सूचना प्रविधि समितिका संयोजक ईश्वरमान डंगोलसँगै नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समिति र प्रेस रजिष्टर्डको कार्यालयलाई बोधार्थ दिएका छन् । निवेदन बुझेपछि विभागका प्रमुख प्रधानाङ्गले सञ्चारकर्मीको मागख प्रमुख, उपप्रमुख र समितिसँगको छलफलमा लैजाने बताएका छन्।

प्रकाशित: १७ पुस २०७५ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App