काठमाडौ– सर्बाेच्च अदालतकाे प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मतले स्वीकृत भएको छ।
संसदको सार्वजनिक सुनुवाई समितिको आजको बैठकले उनी विरुद्ध परेका उजुरी उपर छलफल गर्दै प्रधान न्यायाधीशमा स्वीकृत गर्ने निर्णय गरेको हो। न्याय परिषदले सिफारिस गरेसँगै उनी बारे समितिमा छलफल भएकाे हाे। समितिले अनुमाेदन गरेसँगै अब उनलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले नियुत्त गर्नेछिन।
सुनुवाई समितिमा चोलेन्द्रविरुद्ध ९ वटा उजुरीहरु परेका थिए । ती उजुरीहरुबारे उनीसँग छलफल गरेपछि समितिले सर्वसम्मत नाम अनुमोदन गरेको हो । वर्तमान प्रधानन्याधीश ओमप्रकाश मिश्रले आजैबाट अवकाश पाउने भएकाले एक महिना अगाडि नै संवैधानिक परिषदले चोलेन्द्रको नाम सिफारिस गरेको थियो ।
न्यायपरिषद सचिवालयले न्यायाधीशद्वय चोलेन्द्र शमसेर र दीपकराज जोशीको व्यक्तिगत विवरण संवैधानिक परिषदमा पठाएको थियो । तर जोशी यसअघि नै संसदीय सुनुवाइबाट अस्वीकृत भएकाले चोलेन्द्र एकमात्र दावेदार बनेका थिए।सर्बाेच्चकाे प्रधान न्यायाधीशमा उनकाे चार वर्ष हुने कार्यकाल रहनेछ।
प्रकाशित: १७ पुस २०७५ ०७:५४ मंगलबार





