coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कञ्चनपुर घटना छानविन गर्न समिति गठन

दोषीमाथी कारबाही गर्न माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शन। तस्बिर : रासस

काठमाडौ–सरकारले कञ्चनपुर घटनाको विषयमा छानविन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीकोे अध्यक्षतामा छानविन समिति गठन गरेको छ। समितिलाई घटनाको विस्तृत छानविन तथा अनुसन्धान गरेर १५ दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ।

बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा स्थानीयले आन्दोलन चर्काउँदै लगेपछि गृह मन्त्रालयले घटना छानविनको पहल थालेको हो।

गृहमन्त्रालयले गठन गरेको समितिमा तीन वटै सुरक्षा निकायका प्रहरी नायब महानिरीक्षक, आन्तरिक मामिला तथा कानून मन्त्रालय ७ नम्बर प्रदेशका प्रतिनिधि रहेका छन्। 

गृहस्रोतका अनुसार ५ सदस्यीय उक्त समितिले तत्काल घटनास्थल पुगी आवश्यक अनुसन्धान गर्नेछ।  विहीबार बिहानैदेखि जारी आन्दोलनमा प्रहरी र आन्दोलनकारीबीच भडप भइरहेको छ।  झडपमा छ जना आन्दोलनकारी र दुई जना प्रहरी घाईते भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। 

 

प्रकाशित: ७ भाद्र २०७५ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App