८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने सहमति, डा केसीले अनशन तोडे

काठमाडौं– २७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति भएको छ। जसमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने मुल बुँदामा लामो छलफलपछि विहीबार राति सहमति जुटेको छ। सहमतिसँगै सरकारले चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव संसदमा लैजाने छ। आफ्नो मुख्य माग पूरा भएपछि डा केसीले अनशन तोडेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिअनुसार काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउने र खोलिसकेको अर्थात पूर्वाधार पुरा गरेको हकमा सम्बन्धित धनीले बेच्न चाँहेमा सरकारले किन्ने छ। त्यस्तै, बाहिर जिल्लामा जान चाह्यो भने सहुलियत दिनेछ।

प्रकाशित: १० श्रावण २०७५ १६:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App