नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समाजवादी मोर्चा नेपालबाट औपचारिक रूपमा अलग भएको छ। नेकपाका महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेका हुन्।
महासचिव विप्लवले समाजवादी मोर्चाबाट अलग हुनुका पछाडि राजनीतिक परिवर्तनमा आएको फेरबदल र मोर्चाको कार्यशैलीलाई मुख्य कारण बताएका छन्।
विप्लवले २०८० सालमा राष्ट्रिय स्वाधीनता, अग्रगामी रूपान्तरण, जनजीविकाको पक्ष र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने उद्देश्यले मोर्चा गठन भएको तर जुन रफ्तारमा कामहरू बढाउनु पर्ने थियो त्यो सम्भव नबनेको बताएका छन्।
जेन–जी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरूमा व्यापक फेरबदल आएको र सबै पार्टीहरू नयाँ एकता र मोर्चाबन्दीमा जुटिरहेको उनको भनाइ छ।

प्रकाशित: २६ कार्तिक २०८२ ०८:५५ बुधबार





