१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कुलमानको उज्यालो नेपाल पार्टीका पदाधिकारी को को ?

उर्जामन्त्री कुलमान घिसिङको अगुवाइमा गठन भएको उज्यालो नेपाल पार्टीले केन्द्रीय समितिका पदाधिकारी र सदस्यको नाम सार्वजनिक गरेको छ ।  

घिसिङ अहिले सरकारमा रहेकाले आफू बाहेकको टोलीलाई पार्टीको पदाधिकारी बनाउँदै सार्वजनिक गरेका छन् ।  

दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेको पार्टीको अध्यक्षमा इञ्जिनियर अनुपकुमार उपाध्याय छन् । उपाध्याय कैलालीका हुन् । त्यस्तै डडेलधुराका डा. तारा प्रसाद जोशी, पाँचथरका प्राडा. महेन्द्र सुन्दर लावती, रुपन्देहीका डा. घनश्याम पाण्डे सदस्य छन् ।  

सदस्यहरुमा स्याङजाका डा. सागर ढकाल, सर्लाहीका डा. अभिषेक राज सिंह, काभ्रेका ई. डा. शंकर ढकाल, सिरहाका ई. तेजनारायण यादव, बर्दियाकी रीमा विश्वकर्मा सदस्य छन् ।  

त्यस्तै हुम्लाकी टासी ल्हान्जोम, डा. राजु थापा, डा. विशाल भण्डारी, श्री गुरुङ, ई निलिमा बस्नेत, ई. दिपेन्द्र जमरकट्टेल, सीता देवी पाण्डेय, ज्ञानेन्द्र कुमार तामाङ, डकेन्द्र सिं थेगिम, डा. आशुतोष विजय पन्त, डम्बर लावती, हिरा प्रसाद सोती (किरण बि.क.), सोम प्रसाद चौधरी, विजय कँडेल, ई. अरविन्द साह, धनबहादुर मिक्चन, कुशल गुरुङ, निर्देश सिलवाल,  जितराम लामालगायत छन् ।

प्रकाशित: २५ कार्तिक २०८२ १९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App