१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

माओवादीका सांसदले मागे पर्यटन मन्त्रीको राजीनामा

कोशी प्रदेशसभामा सांसदले  पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको राजीनामा मागेका छन् । 

सोमबारको प्रदेशसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद राजन किरातीले कोसी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको राजीनामा मागेका हुन् ।

कोशी प्रदेश सभाको शून्य समयमा बोल्दै सांसद किरातीले क्युआर पठाएर पैसा असुली गरेको विषय सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा चर्चा भइरहेको भन्दै नैतिकताको आधारमा मन्त्रीले राजीनामा दिनुपर्ने माग गरे । 

‘क्युआर आतङ्क र रकम नबुझाउनेलाई सरुवा गराउन खोजेको भन्ने शीर्षकमा समाचारहरू आइरहेको छ, यी विषयहरू सामाजिक सञ्जालमा चर्चा भइरहेकाले  छानबिन गरी प्रदेश सभामा जानकारी गराउन सरकारसँग माग गर्दछु’ उनले भने, ‘क्युआर पठाएर पैसा मागेको विषय सार्वजनिक भइसकेपछि मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’

अमृत मेहता भन्ने व्यक्ति मन्त्रीको सचिवालयमा रहेकोले ती व्यक्ति अनधिकृत व्यक्ति भएर पनि उनको नामबाट मन्त्रीको लागि भन्दै क्युआर पठाइएको विषय गम्भीर भएको राईले बताए । यस विषयमा सरकार समेत गम्भीर हुनुपर्ने उनको भनाई छ ।

प्रकाशित: २३ असार २०८२ १८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App