प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् शिव चाम्लिङ हुन सक्ने अनुमान गरेका छन्। सोमबार (आज) नेकपा (एमाले) को पर्यटन तथा नागरिक उड्डयन विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो अनुमान गरेका हुन्।
शिवले खेल्ने गरेको ओडारलाई हलेसी भन्ने गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, 'शिवजी चाम्लिङ पनि हुन सक्छन्। म दाबी गर्दिनँ त्यसमा, मेरो कुनै दाबी होइन। तर अनुमान हो। अथवा अरु पनि हुन सक्छन्। पछि माइग्रेट अरु चिजले मिक्सअप भएको पनि हुन सक्छ। तर, भेग त्यही हो।’
अगाडि उनले भने, 'शिवजीले खेलेका ओडारहरू जसलाई हलेसी भन्छौँ हामी। शिवजी चाम्लिङ थिए कि क्या हो जस्तो लाग्छ कहिलेकाहीँ। त्यो चाम्लिङको थलो हो। हलेसी भनेको चाम्लिङको थलो हो,’ प्रधानमन्त्री ओलीले भनेका छन्।
प्रकाशित: २३ असार २०८२ १७:०१ सोमबार





