प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
आज दिउँसो १ बजे बस्ने बैठकमा ओलीले सम्बोधन गर्ने भएका हुन्। ओलीले बैठकमा आफ्नो स्पेन भ्रमणका विषयमा सम्बोधन गर्ने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
६ दिने लामो स्पेनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका थिए। विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी असार १४ गते स्पेन प्रस्थान गरेका थिए।
प्रकाशित: २३ असार २०८२ ०९:१८ सोमबार





