प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको चुवाखोलामा निर्मित बेलीब्रिजको उद्घाटन गरेका छन्।
कर्णाली करिडोर अन्तर्गत नेपाली सेनाले निर्माण गरेको यो पुलको उद्घाटनसँगै विकट हिमाली जिल्ला हुम्ला पहिलोपटक राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ।
खराब मौसमका कारण निर्धारित समयभन्दा करिब चार घण्टा ढिलो गरी हुम्ला पुगेका प्रधानमन्त्री ओलीले एक विशेष समारोहबीच पुलको उद्घाटन गरेका हुन्।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, नेपाली सेनाका उच्च अधिकारीहरू र स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।

यसअघि बिहान कालिकोट क्षेत्रको मौसम खराब हुँदा प्रधानमन्त्रीको टोली सुर्खेतमा रोकिएको थियो। मौसममा सुधार आएपछि मात्रै दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत टोली हुम्ला आइपुगेको थियो।
हेराैं तस्बिरहरु:







प्रकाशित: २२ असार २०८२ १८:४५ आइतबार