संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीले शनिबार (भोलि) राजीनामा दिँदैछन्।
सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सङ्घ र प्रदेश दुबैतिर प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको छ। यससँगै सङ्घीय सरकारमा रहेका मन्त्री चौधरीले भोलि राजीनामा दिने भएका हुन्।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भनिन्, ‘उहाँले भोलि राजीनामा दिनुहुन्छ। भोलि पार्टीको बैठक छ। बैठकले निर्णय गर्छ, लगत्तै उहाँले प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामा दिनुहुन्छ।’
नाउपाले शुक्रबार (आज) मात्रै सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। यस्तै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि शनिबार (भोलि) नै फिर्ता लिने नाउपाले जनाएको छ।
यो पनि पढ्नुहोस्
नाउपाले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
प्रकाशित: २० असार २०८२ २०:२१ शुक्रबार





