१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

राप्रपाले देशव्यापी भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देशव्यापी रूपमा भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। बिहीबार (आज) बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

यस्तै बैठकले आसन्न रुपन्देही ३ को उपनिर्वाचनलाई लक्षित गरेर पार्टीका उपाध्यक्ष ध्रुव प्रधानको नेतृत्वमा निर्वाचन परिचालन समिति निर्माण गरेको छ भने उम्मेदवार चयनका लागि जिल्ला कार्यसमितिलाई सूची पठाउन निर्देशन दिएको छ।

प्रकाशित: १९ असार २०८२ १५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App