१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कुलिङ किर्तेबारे प्रचण्डः खसीको टाउको झुन्ड्याएर कुकूरको मासु बेच्ने व्यवस्थामा यस्तै हुन्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले निजामती कर्मचारी विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’माथि भएको छेडखानीबारे ‘संसदीय व्यवस्थामा यस्तै हुने’ भन्दै टिप्पणी गरेका छन्। बिहीबार एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन्।  

‘हामीले हिजो जनवादी क्रान्तिको कालमा मार्क्सवादको प्रचार गर्दा भन्थ्यौँ–संसदीय व्यवस्था खसीको टाउको झुन्ड्याउने र कुकूरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिन्थ्यो,’ प्रचण्डले भने, ‘अहिले जे भइराख्या छ, समितिका प्रतिवेदनमाथि भएका छेडखानीहरू। त्यो त्यस्तै हो। देखाउँदा खेरी चाहिँ खसीको टाउको देखाइया छ लोकतन्त्र, बेच्दाखेरी कुकूरको मासु बेच्ने गरिएको छ भित्रभित्रै। त्यस्तै चिज चलिराखेकै छ।’

आफ्नो नेतृत्वको सरकार हुँदा बढी मात्रामा आफूले समाजवादतिरै लैजान बल गरेको दाहालले दाबी गरे।  

प्रकाशित: १९ असार २०८२ १५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App