११ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

आत्मनिर्भर बन्न किसानमैत्री बजेट बनेन : बेदुराम भुसाल

राष्ट्रिय सभा सदस्य नेकपा (एकीकृत समाजवादी)का बेदुराम भुसालले कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गरेर आत्मनिर्भर बन्न किसानमैत्री बजेट नबनेको गुनासो गरेका छन् । राष्ट्रिय सभामा जारी विनियोजन विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उनले क्षेत्रगत हिसाबले बजेट सन्तुलित नभएको आरोप लगाए । 

नेकपा (एमाले)का अञ्जान शाक्यले दिगो विकासका लक्ष्य हासिल गर्न बजेट कार्यान्वयनमा जोड दिइन् । स्वदेशी उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्याउन कृषि केन्द्र स्थापना गर्न उनको सुझाव थियो ।  

छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गम्भीर भएर गर्नुपर्छ बताए ।  

जनता समाजवादी पार्टी नेपालकी पूजा चौधरीले बजेट स्वरोजगारलाई प्रवद्र्धन गर्नेतर्फ केन्द्रित छ भन्दै त्यसमा समावेश भएका अधिकांश कार्यक्रम सुधारोन्मुख रहेका राय व्यक्त गरिन् ।  

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखर सिंहले स्वदेशमै चिनी उत्पादन गर्न किसानलाई उखुखेतीतर्फ प्रोत्साहन गर्नुपर्ने बताए ।  

विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमध्ये आज सातवटा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयमाथि  छलफलमा जारी छ । 

प्रकाशित: १७ असार २०८२ १६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App