रास्वपा सांसद सुमना श्रेष्ठले ‘कुलिङ पिरियड’ को विषयमा आएको विवादमा कर्मचारीलाई दोषी देखाएर सांसदहरू उम्कन नमिल्ने बताएकी छिन्।
सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सांसदहरू उम्कन नमिल्ने बताएकी हुन्।
उनले भनिन्, ‘कुलिङ पिरियडमा बाहेक शब्द कहाँबाट आयो भन्ने चर्चा चलिरहेको छ । त्यो मूल विधेयकमा छ, जब मूल विधेयकमा बाहेक शब्द हटाइन्न, त्यति बेलासम्म त त्यो कायम रहन्छ । त्यस कारणले कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्किनको लागि सार्वभौमतामाथि आक्रमण भयो भनियो। त्यो मलाई गलत लाग्छ ।’
प्रकाशित: १७ असार २०८२ १२:२६ मंगलबार





