२६ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

ओलीले भने: आज विद्या भण्डारीले बम पड्काउन्नन्, आश नगरे हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेमा विवाद होस् भनेर धेरैले आश गरेर बसेको बताएका छन्। शनिवार मदन भण्डारीको जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

‘मदन भण्डारीको ७४ औँ जन्म जयन्तीमा उनीहरूले धेरै आस गरेका छन्। यहाँ विद्या भण्डारीले बम पड्काउनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यहीबाट एमाले ध्वस्त हुन सुरु हुन्छ। यो सपना देखेर बसेका छन्।’ 

तर भण्डारीले केही नगर्ने ओलीले दाबी गरे। उनले भने, ‘कुनै बम, बारुद, गोला केही पड्किनेवाला छैन। आस नगरे हुन्छ। नेकपा एमाले एक छ, एक रहन्छ। एकजुट भएर रहन्छ।’ 

यसो सञ्चारमाध्यम र अनलाइनतिर हेरेर बसे छक्क पर्ने अवस्था रहेको उनले बताए। 

प्रकाशित: १४ असार २०८२ १६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App