१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको सम्बोधन सुरु भएपछि प्रतिपक्षी दुई दल सांसदहरू बैठक छाडेर बाहिरिए

सांसदहरूले बैठक सुरु हुनासाथ आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएका छन्। सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ बैठकको सुरुमै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका हुन्।

त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्कीलाई आफ्नो कुरा राख्न समय उपलब्ध गराएका थिए। सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा छानविन हुनुपर्ने माग गरे।

राप्रपा सांसद रोशन कार्कीले पनि भिजिट भिसाका सम्बन्धमा आएका विषयमा छानिबिनको माग गरिन्।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन सुरु भएपछि दुवै दलका सांसदहरू बैठक छाडेर बाहिरिएका छन्।

प्रकाशित: १४ असार २०८२ १२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App