नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनामाथिको कारबाही फुकुवा गरेको छ।
बुधबार (आज) पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालयको बैठकले पाण्डे र तिम्सेनामाथिको कारबाही फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
व्यवसायी मीनबहादुर गुरुङले पार्टीलाई दिएको दान जग्गाबारे सार्वजनिक रूपमा अभिव्यक्ति दिएका पाण्डे र तिम्सेनामाथि पार्टीले ६ महिना निलम्बनको कारबाही गरेको थियो।
प्रकाशित: ११ असार २०८२ १८:०८ बुधबार





