१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

शंकरदास वैरागी आफै स्वार्थको द्वन्द्वबाट जेलिएको पत्र हुन्, हामी मान्दैनौँ: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सरकारले बनाएको छानबिन समिति मान्य नहुने बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा गठन भएको छानबिन समिति मान्य नहुने बताएका हुन्। 

उनले भने,'शंकरदास वैरागी स्वार्थको द्वन्द्वबाट जेलिएको पत्र हुनुहुन्छ। उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ। उहाँ स्वयम सक्षम निकायको रडारमा हुनुहुन्छ। सक्षम निकायको रडारमा रहेको व्यक्तिले कसको छानबिन गर्ने।'

उनले गृहमन्त्रीले आफ्नै प्रस्तावमा समिति गठन भएको भन्ने कुरामा आपत्ति पनि जनाएका छन्। उनले भने, गृहमन्त्रीले गर्भकाका साथ भन्नुभयो मेरो प्रस्तावमा यो कमिटी गठन भएको भन्नुभयो। अब ओरापीतले आफ्नै अनुसन्धान अधिकृत छान्ने हो। यो गलत हो। 

प्रकाशित: १० असार २०८२ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App