प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बजेटमा समावेश गरिएको ‘टेक एन्ड पे’को प्रावधान हटाइहाल्न आग्रह गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई फोन गरेर देउवाले उक्त प्रावधान हटाउन हटाइहाल्न आग्रह गरेका हुन्।
नेता मीन विश्वकर्माका अनुसार देउवाले प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेललाई उक्त प्रावधान हटाइहाल्न आग्रह गरेका हुन्। ‘यसअघि हाम्रो बैठकमा पनि त्यो हटाउनकै लागि सहमति भएको थियो। त्यसअनुसार नै उहाँले फलोअप गर्नुभएको हो। कांग्रेसको अडान त्यही छ,’ उनले भने।
सरकारले बजेटमार्फत ल्याएको यो प्रावधानको ऊर्जा उद्यमी तथा सरोकारवालाहरूले विरोध गर्दै आएका छन्। उनीहरूले गत शनिबार मात्रै प्रधानमन्त्री ओली, अर्थमन्त्री पौडेलसहित ऊर्जा तथा जलश्रोतमन्त्री दीपक खड्कालाई ‘ऊर्जामा निजी क्षेत्र समाप्त पार्ने, लोडसेडिङ निम्त्याउने र लगानीकर्ता डुबाउने 'टेक एन्ड पे' पीपीए खारेज गर’ भनेर सन्देश पठाएका थिए।
पालले अहिलेसम्म विद्युत् खरिद सम्झौता ‘टेक अर पे’मा गर्दै आएको छ। तर, बजेटमार्फत ‘टेक एन्ड पे’को प्रावधान ल्याइएपछि यसको विरोध भएको हो। त्यसमा देउवाले पनि अडान लिएका हुन्। नेता विश्वकर्माका अनुसार यो बजेटमै सच्चिने छैन। ‘अहिल्यै त कहिले सच्चिने हो र, बजेट सच्याउने हो भने कहिले पारित हुन्छ र। तर, पछि नीतिगत व्यवस्था हुँदा सच्याउने कुरा हो त्यो तर, सहमति आवश्यक पर्छ,’ उनले भने।
यो पनि पढ्नुहोस्
‘टेक एन्ड पे’ले अन्धकारतर्फ जलविद्युत्
प्रकाशित: ९ असार २०८२ २०:३९ सोमबार