१ श्रावण २०८२ बिहीबार
image/svg+xml
राजनीति

रक्षामन्त्रीलाई प्रश्न: न्युक्लियस बम बनाउने योजना छ कि छैन ?

सांसद अमनलाल मोदीले रक्षामन्त्री मानवीर राईलाई न्युक्लियस बम बनाउने योजना छ कि छैन भनेर प्रश्न गरेका छन्। मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा पूरक प्रश्न गर्दै सांसद मोदीले यस्तो प्रश्न सोधेका हुन्।

सोमबार (आज) मन्त्री राईलाई प्रश्न गर्दै सांसद मोदीले भने, 'हाम्रो देशमा न्युक्लियस बम बनाउने योजना छ कि छैन ? किनभने संसारभर बनाइराखेकै कारणले, के छ जवाफ चाहन्छु।'

जवाफमा मन्त्री राईले अहिले त्यस्तो योजना नरहेको बताए। 'यी विषयहरू हाम्रा आवश्यकता र नेपाल सरकारले निर्णय गरेअनुसार, बजेट तर्जुमा गरेअनुसार भोलिका दिनहरूमा होला। यो रोष्ट्रमबाट हामीले अहिले नै यो गरिहाल्छौँ भन्नु उपयुक्त नहोला,' उनले भने।

प्रकाशित: ९ असार २०८२ १५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App