३२ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

रास्वपा स्थापना दिवसमा ‘थुनुवा नम्बर–९७२५’को १९ पन्ने अपिल (पूर्ण पाठ)

शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवस मनाउँदै छ। तेस्रो स्थापना दिवस मनाइरहँदा रास्वपाको गतिमा भने ग्रहण लागेको छ। रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएर उच्च अदालतको आदेशले पुर्पक्षका लागि रुपन्देही कारागारमा थुनामा छन्। उच्च अदालतको आदेशलाई सर्वोच्चले मोहर लगाइसकेका कारण रवि तत्काल कैदमुक्त हुने सम्भावना छैन। 

यही कारण पार्टीको तेस्रो स्थापना दिवस परेका बेला कैदमा बन्दी जीवन बिताइरहेका सभापति रविले आफ्नो ‘१९ पन्ने’ अपिल सार्वजनिक गरेका छन्। अपिलमा उनले आफूलाई ‘९७२५ नम्बरको थुनुवा’ भनेर परिचय दिएका छन्। 

‘पार्टी स्थापनाको तेस्रो वर्ष पुगेको यस बेला म यो अपिल ९७२५ नम्बरको थुनुवाका रूपमा भैरहवा कारागारबाट पठाएको छु आशा छ कुनै न कुनै माध्यम र तरिकाबाट तपाईँहरू बिच पुग्ने छ,’ रविको अपिलमा भनिएको छ,‘तपाईँहरूले मलाई दुई–दुई पटक कीर्तिमान पूर्ण मतका साथ संसद्मा पुर््याउनुभयो। भर्खर जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब बाह्र लाख मत दिनुभयो। त्यो मतले झस्केकाहरू चितवन र तनहुँको उपचुनावको परिणामले झन् तर्सिए ।’ 

स्वस्थ र प्रजातान्त्रिक विधिबाट रास्वपासँग अब राजनीतिक प्रतिस्पर्धा गर्न सकिन्न र लुटको स्वर्ग भत्कन्छ भन्ने निष्कर्षमा पुगेपछि आफूविरुद्ध षडयन्त्रमा लागेको उनले दाबी गरेका छन्। ‘त्यो षड्यन्त्र कति भयानक थियो र त्यसमा ककसलाई कसरी प्रयोग गरियो, सिङ्गो राज्यको कसरी दुरुपयोग भयो, तपाईँहरूले आफ्नै आँखाले देखिरहनुभएको छ,’ रविले लेखेका छन्। 

 

 

 

 

 

 

प्रकाशित: ७ असार २०८२ १२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App