१६ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सदनमा आज पनि रास्वपा र राप्रपाको विरोध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आज पनि प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेका छन्।

विपक्षी दल रास्वपा र राप्रपाले आज शुक्रबार पनि विरोध जारी राखेका हुन्। सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्नका लागि बारम्बार आग्रह गरेका छन्। तर सांसदहरूले भने विरोध गरिरहेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले संसद् बैठकमा नाराबाजी गरेका हुन्।

प्रकाशित: ६ असार २०८२ १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App