४ श्रावण २०८२ आइतबार
image/svg+xml
राजनीति

अवरोध र विरोधलाई वेवास्ता गर्दै सदन चलाउनु दुःखद्: जनार्दन

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले संसदमा उठेको गम्भीर प्रश्नको समाधान नगरी अवरोध र विरोधलाई वेवास्ता गरेर सदन चलाइएकोमा दुःख व्यक्त गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले नेतृत्वले समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए।

उनले भने, ‘संसदमा उठेको गम्भीर प्रश्नको समाधान नगरी, अवरोध र विरोधको बीचमा त्यसको वेवास्ता गर्दै यो सदन चलाउनु बरु दुःखद् कुरा हो। यसप्रति म दुःख व्यक्त गर्न चाहन्छु।’

समस्या समाधान गर्नु नेतृत्वको दायित्व भएको बताउँदै उनले यस्तो संस्कृति बसाल्न नहुने बताए। ‘नेतृत्वको काम भनेको समस्याको समाधान गर्ने हो। समाधान गर्नेतिर हाम्रो चासो र चिन्ता छैन। यस्तो संस्कार, यस्तो संस्कृति हामीले बसाल्नु हुँदैन,’ शर्माले भने।

सांसद शर्माले बजेटमाथिको छलफलमा सांसदहरुको अधिकार कटौती गरिएकोमा पनि आपत्ति जनाए। उनले भने, ‘हतार गरेर, हामीलाई बोल्न नदिएर, सांसदहरुको अधिकार समेत कटौती हुने गरी जो त्यसलाई (बजेट) टुंग्याइयो, त्यसप्रति पनि म दुःख व्यक्त गर्न चाहन्छु। वार्षिक कार्यक्रममा सांसदहरुले आफ्नो कुरा राख्न नपाउने हो भने के अर्थ छ हामी ? हाम्रो अधिकार किन कटौती गरियो ? यसप्रति मेरो आपत्ति छ।’

प्रकाशित: ५ असार २०८२ १५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App