२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशनमा निर्वाचन निश्चित, स्वस्थ प्रतिस्पर्धामा उत्रन सभापति लामिछानेको आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन हुने पक्का भएको छ। सभापति रवि लामिछानेले सहमतिबाट नेतृत्व छान्दा आफूलाई नजिकका व्यक्तिलाई मात्र प्राथमिकता दिने अवस्था आउन सक्ने भन्दै त्यसको साटो स्वस्थ प्रतिस्पर्धामार्फत निर्वाचनमा जानुपर्ने स्पष्ट पारेका छन्।

महाधिवेशनको बन्दसत्र सुरु गर्दै लामिछानेले पार्टीभित्र गुट–उपगुट नबनाई खुला र पारदर्शी प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न निर्देशन दिए।

उनले भने, सहमतिबाट चयन गर्दा पक्षपातको सम्भावना रहने भन्दै सबैलाई निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरे।

सभापति लामिछानेले कुनै पनि प्रकारका गुटगत गतिविधि नगर्न र फोनमार्फत नाम सिफारिस गर्ने अभ्यासबाट टाढा रहन पनि कार्यकर्तालाई आग्रह गरे।

उनका अनुसार, संगठनलाई संस्थागत रूपमा अघि बढाउन निष्पक्ष निर्वाचन नै उपयुक्त माध्यम हुने भएकाले सबैले त्यसलाई आत्मसात गर्नुपर्ने हुन्छ।

 

प्रकाशित: ९ असार २०८३ १७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App