राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्वाला संग्रौलाले पार्टीको प्रथम महाधिवेशनप्रति असन्तुष्टि जनाउँदै निर्वाचन आयोगमा उजुरी दिएकी छन्।
आफ्नो नामबाट 'ज्वाला' हटाइएको भन्दै उनले आयोगमा उजुरी दिएको बताएकी हुन्। उनका अनुसार उनको नामको पछाडि ब्राकेटमा राखिएको ज्वाला हटाइएको हो।
साथै उनले नाममा समेत राजनीति गरिएको आरोप लगाएकी छन्।
'पार्टीको केन्द्रीय समितिमा यही नाम, महाधिवेशन प्रतिनिधिमा यही नाम, उम्मेदवार हुँदा यही नाम तर जब भोटिङ मेसिन खुल्छ, नाम गायब हुन्छ ब्राकेट भित्रको। फेरि अरू साथीहरूको चाहिँ सबैको छ, मेरो मात्र मेसिनले खाएछ। भोट दिने साथीहरूले ज्वाला खोज्दा खोज्दै भोटिङ्गको समय समाप्त,' उनले सामाजिक सञ्जालमा लेखेकी छन्, 'नाममा समेत राजनीती गरिएकोले निर्वाचन आयोगमा उजुरी दिएकी छु।'
प्रकाशित: ११ असार २०८३ १३:०२ बिहीबार





