३२ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

महराको जन्मदिनमा वर्षमान-ओनसरीको शुभकामना: आदरणीय गुरु, आगामी दिन अझ गतिशील बनून्

आज पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराको जन्मदिन। उनलाई पार्टीका नेता तथा निकटस्थहरूले जन्मदिनको शुभकामना दिइरहेका छन्।

यसैबीच सोही पार्टीका उपमहासचिव वर्षमान पुन र पुनपत्नी ओनसरी घर्ती पनि महरालाई शुभकामना दिन उनकै निवास पुगेका छन्। महरा पूर्वमन्त्री पुन र पूर्वसभामुख घर्तीका पनि गुरु (शिक्षक) हुन्। पार्टीभित्र पनि उनीहरूले 'सर' नै भनेर बोलाउँछन्।

जन्मदिनको शुभकामना दिँदै लड्डु खुवाएको र खादा लगाइदिएको तस्बिर साझेदारी गर्दै पुनले फेसबूकमा लेखेका छन्, 'आदरणीय गुरु, हाम्रो गौरवशाली पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सरको आज जन्मदिन। यहाँका अगाडिका दिनहरू अझ गतिशील हुनेछन्, जीवन स्वस्थ हुनेछ भन्ने अपेक्षासहित जन्मदिनको हार्दिक शुभकामना।'

प्रकाशित: ४ असार २०८२ १७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App