३० असार २०८२ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस वडाध्यक्षको आक्रमणबाट रास्वपा नेताहरू आले र नेपाल गम्भीर घाइते

नेपाली कांग्रेसका तर्फबाट स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १० मा निर्वाचित वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताद्वय मेघ आले र दिनकर नेपालमाथि आक्रमण गरेका छन्।

वडाध्यक्ष खनालको आक्रमणबाट आले र नेपाल सख्त घाइते भएका छन्। रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार आले र नेपाल स्याङ्जाको आँधिखोला नदीमा भएको चरम प्राकृतिक दोहन रोक्न र सम्भावित प्राकृतिक दुर्घटना नियन्त्रणका लागि माग गर्दै गर्दा वडाध्यक्ष खनालको आक्रमणमा परेका हुन्।

वडाध्यक्ष खनालले रडले प्रहार गरेको घाइते नेपालले बताएका छन्। वडाध्यक्ष खनालको आक्रमणमा परी नेपालले लगाएको हेलमेट फुटेको छ भने दाहिने हातमा फ्याक्चर भएको छ। यस्तै आले पनि घाइते भएका छन्। उनीहरूलाई अहिले पोखरा अस्पताल लैजाँदैछन्।

'रास्वपाले देशमा विद्यमान लुटतन्त्रको अन्त्य गर्ने भयले गरिएको यस प्रकारको हिंसात्मक र आपराधिक आक्रमणको रास्वपा घोर निन्दा गर्दछ,' प्रवक्ता झाले भनेका छन्, 'यस जघन्य अपराधमा संलग्न सबैलाई अविलम्ब गिरफ्तार गरि हदैसम्मको कारबाही गरियोस्।'

प्रकाशित: ३ असार २०८२ २१:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App